

४ मंसिर, धनगढी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर मतदान सुरु भएको छ ।
देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो भने बेलुका ५ बजेसम्म मतदान गर्न पाइनेछ ।
देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् भने १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारहरु रहेका छन । यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ जना उम्मेदवार रहेका छन ।

