


धनगढी । कैलालीमा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी रहेका छन्।






मंगलबार (कात्तिक १७ गते) इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–५ कुटीघाटस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनको साथबाट १८ ग्राम ७५० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।






