


धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् ।



धनकुटा नगरपालिका- ५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।





छापा मार्दा प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट नगद २४ हजार ५ सय रुपैयाँ र एक बुक खुला तास बरामद गरेको छ ।

प्रहरीले बरामद नगद रकम, तास र पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ ।






