


काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।



सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन् ।उनीसँगै लम्सालका विज्ञ निधी पनि ट्रमा सेन्टरमै छन् ।





‘शरीरमा चोट लागेको छैन लडेको कारणले दुखेको हो,’ उनले भनिन्, ‘चेकअप भइरहेको छ । गाडीमा सवार निधीजी पनि सँगै हुनुुहन्छ ।’






