


काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् ।



देउवा समुहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले इनम सापकोटाको बयानबाट स्पष्ट भएको भन्दै कथित विशेष महाधिवेशनमार्फत १८ करोडमा पार्टी किनेको आरोप लगाएका हुन् ।





उनले भने, ‘यसबाट प्रस्ट भयो । इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ? त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?’

उनले विशेष महाधिवेशनमा आफ्नो समर्थन नरहेको र आफूलाई बर्खास्त नगरी कसरी अर्को सभापति बन्न सक्छ भन्ने प्रश्न गरेका थिए । देउवाले सर्वोच्चबाट आफूहरूले नै आधिकारिकता पाउने दाबी दोहोर्याएका छन् ।






