कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi

कैलालीको गौरीगंगा नगरपालिकामा ट्याक्टरबाट खसेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब १ः५० बजे गौरीगंगा नगरपालिका–८ लिम्कामा खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय ३७ वर्षीय खडकबहादुर चौधरीले आफ्नै खेत जोतिरहेका बेला उनीसँगै ट्याक्टरमा सवार छोरा सुशान्त चौधरी अचानक खसेका थिए । खस्ने क्रममा ट्याक्टरको पछाडि जोडिएको रोटाभेटरमा परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आफन्तले बालकको शव घरमा ल्याएका थिए । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायब उपरीक्षक हिरा सिंह महराको कमाण्डमा SOCO सहित सात जनाको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...