दार्चुलामा जीप दुर्घटना

cp new add
Nisharg hospital
Dhangadhi

दार्चुलामा पिकनिक खान गएका यात्रु सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

शुक्रबार (कात्तिक २७ गते) बिहान करिब ११ः५० बजे महाकाली नगरपालिका–९ दत्तुस्थित सकार खेलमैदानमा जिप पल्टिँदा उनीहरू घाइते भएका हुन् ।

खलंगाबाट पिकनिक खान खेलमैदान पुगेको सुदूरपश्चिम प्रदेश ०४–००१ ज ०१२२ नम्बरको जिप घुमाउने क्रममा अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा चालकसहित नौ जना सवार थिए । दुर्घटनामा महाकाली नगरपालिका–४ विद्ययानगरटोलकी १७ वर्षीया अनु लुहार मध्यम घाइते भएकी छन् । उनको शरीरमा भित्री चोट लागेको छ ।

त्यस्तै, सोही ठाउँका १७ वर्षीया अस्मिता ओड, १५ वर्षीया अनुशा चुनारा, २१ वर्षीया संगीता चुनारा र २५ वर्षीया भुमा चुनारा सामान्य घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते पाँचै जनालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको छ । जिपमा सवार अन्य चार जनालाई भने चोटपटक लागेको छैन ।

जिप चालक महाकाली नगरपालिका–६ पौनेखोलाका ३१ वर्षीय गणेश भाट प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...