

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ३, रानीपानीमा स्कारपियो दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पूर्वबाट काठमाडौँतर्फ गइरहेको बा १८ च ७७४१ नम्बरको स्कोरपियो दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।
उनीहरुको पहिचान भइसकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

