बझाङमा अटो दुर्घटना : मृतकको संख्या चार पुग्यो

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र चार वर्षीय रियास महरा छन् ।

सोमबार बिहान टुमेडा गाउँबाट वडा नं. ११, हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको थियो । ब्रेक फेल भई अटो सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ । दुर्घटनापछि अटो चालक बुंगल नगरपालिका–११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...