

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा स्थानीय तह बलियो बनाउने फाउन्डर नै नेकपा एमाले भएको दाबी गरेका छन् । सोमबार राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् ।
‘नेपालमा स्थानीय तह बलियो बनाउने कुराको फाउन्डर नै एमाले हो । आज स्थानीय तह किन बलिया भएका छन् भन्दा एमालेको निरन्तर प्रयत्नको परिणाम हो’, महासचिव पोखरेलले भने, ‘चाहे ५४ सालमा कानुन सुधारको माध्यम होस् वा संविधान निर्माणका क्रममा अधिकारको सूची बनाउने कुरा नै किन नहोस् । त्यो कामको नेतृत्व नेकपा एमालेले गरेको हो ।’

