सातै प्रदेश अधिवेशनमा सहभागी हुँदै देउवा

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन् ।

देउवापक्षीय समूहको प्रदेश अधिवेशन यही मंसिर ५ गतेदेखि सुरु हुँदै छ । त्यसक्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको उनी समूहको १५औँ महाधिवेशन सचिवालय संयोजक समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए ।

देउवा पक्षले यति बेला जिल्ला अधिवेशन गरिरहेको छ । हालसम्म ४६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको कुईंकेलले बताए ।

१४० निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको देउवा पक्षको भनाइ छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...