अत्तरियामा बसलाई हाइसले पछाडिबाट ठक्कर दिँदा १२ जना घाइते

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीको गोदावरी नगरपालिका–६ रामजानकी चोक नजिक बसलाई हाइसले पछाडिबाट ठक्कर दिँदा १२ जना घाइते भएका छन्।

महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख १०७१ नम्बरको बस रोकिराखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बा.५ ख.४१९५ नम्बरको हाइसले पछाडिबाट ठक्कर दिएको हो।

आइतबार दिउँसो करिब २ः१० बजे भएको दुर्घटनामा हाइस चालकसहित १२ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल लगिएको थियो।

घाइतेमध्ये हाइस चालक गोविन्द विष्ट र बाजुराको बडीमालिका नगरपालिका–६ का १७ वर्षीय विशाल दानीलाई थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।

प्रहरीका अनुसार सोमबार बिहानसम्म घाइतेमध्ये जोशीपुर नगरपालिका–६ की ३६ वर्षीया कमला धामी र भजनी नगरपालिका–४ का ४ वर्षीय श्रीधर भट्टबाहेक अन्य सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्। उनीहरू अझै अस्पतालमै उपचाररत छन्।

दुर्घटनामा संलग्न बस, बस चालक र हाइस प्रहरीको नियन्त्रणमा रहेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...