

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् ।
उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको हो । दुवैबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र निकटस्थहरूलाई यसबारे जानकारी भए पनि सम्बन्ध सार्वजनिक गरिएको थिएन ।
उनीहरूको टीकाटालोसमेत भइसकेको छ । विवाहको तयारीका लागि डा. ढकाल बुधबार काठमाडौंं बाट झापा जाँदैछन् ।
ढकालले विराटनगरबाट जन्ती लिएर मंसिर १० गते निशाको घर झापा जाने तयारी गरेका छन् । उनले नेपाल प्रेससँगको टेलिफोन कुराकानीमा विवाहको पुष्टि गरेका छन् ।

