जबरजस्ती करणीको आरोपमा २५ वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका- ४, विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई उक्त आरोपमा बुधबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बनेश्वरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...