

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले
हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भू९भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
शुक्रबार दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

