

कञ्चनपुर । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराएर घर फर्किँदै गरेका कञ्चनपुरका एक युवकको बाटोमै हृदयघातका कारण मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१ का रामबहादुर बोहराको बुधबार कृष्णपुर नगरपालिका–स्थित गुलरियामा हृदयघातका कारण मृत्यु भएको हो ।
वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार मुटुसम्बन्धी समस्याको उपचारका लागि बोहरा धनगढीस्थित सेती प्रादेशिक अस्पताल आएका थिए । उपचारपछि हाइसमा घर फर्किने क्रममा उनलाई अचानक हृदयघात भएको थियो ।
घर पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भएपछि परिवार र आफन्त शोकमा परेका छन् ।

