बाजुराको सामुदायिक वनमा लुकाइएको भरुवा बन्दुक बरामद

cp new add
Nisharg hospital
Dhangadhi

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–४ थालास्थित सामुदायिक वनमा लुकाएर राखिएको भरुवा बन्दुकसहित बारुद र गोली बरामद गरिएको छ ।

अरानी बारसैन सामुदायिक वनभित्र रहेको ढुङ्गाको ओढारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले एक थान भरुवा बन्दुक, करिब ५० ग्राम बारुद र फलामका चारवटा गोली बरामद गरेको हो ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले उक्त हतियार तथा सामग्री बेवारिसे अवस्थामा फेला पारेको थियो ।

बरामद सामग्रीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...