बाजुरामा ट्याक्टर सडकबाट १५० मिटर तल खस्यो, चालक घाइते

cp new add
Nisharg hospital
Dhangadhi

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगाउपानीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४२४३ नम्बरको ट्याक्टर मंगलबार राति करिब ८ बजे अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको हो ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका–१० निवासी २६ वर्षीय जमुना थारु घाइते भएका छन् । उनको बाहिर देखिने चोटपटक नभए पनि भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते थारुलाई स्थानीय पाण्डुसैन स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ ।

दुर्घटनास्थल अस्थायी प्रहरी पोष्ट पाण्डुसैनबाट करिब ५०० मिटर पूर्वमा पर्छ । ट्याक्टर भने घटनास्थलमै रहेको र दुर्घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...