बंगलादेशमा फेरि हिंसा भड्कियो, युनुसको पैतृक घरमा आगजनी

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनअघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।

पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखामा आगजनी गरिएको छ । चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगो लगाएको छ ।

बंगलादेशका ६४ मध्ये २८ जिल्लामा दर्जनौँ घरेलु बम विस्फोट भएका छन् । हिंसामा ढाकामा कम्तीमा चार जना घाइते भएका छन् भने नराइलमा दुई स्थानीय नेतासहित फरीदपुर र पिरोजपुरमा एक–एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनले आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको हो ।

हिंसा नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले पछिल्लो २४ घण्टामा ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको सरकारका पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् ।

गृहमन्त्री सलाहुद्दिन अहमदले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रमाणका आधारमा कडा कानुनी कारबाही गरिने बताएका छन् । पछिल्ला घटनाले बंगलादेशको राजनीतिक अस्थिरता पुनः चर्किएको संकेत गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...