अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य १.०६ प्रतिशतले वृद्धि भएर प्रतिऔंस ४७.३५७ अमेरिकी डलरमा कारोबार बन्द भएको छ । मंगलबारको कारोबारमा सुनको तुलनामा चाँदीको मूल्य वृद्धि दर बढी देखिएको छ ।

नेपालमा मंगलवार (मंसिर १ गते) छापावाल सुनको मूल्य २ लाख ६७ हजार दुई सय रुपैयाँ तथा चाँदी प्रतितोला तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...