बझाङमा रिटायर कर्मचारी, शिक्षक र व्यापारीसहित ११ जना जुवाडे पक्राउ

Nisharg hospital

१२ साउन, धनगढी । बझाङमा सेवा निवृत्त कर्मचारी तथा शिक्षकसहितका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको हो ।

swostik

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपीं) ज्ञानबहादुर विष्टले स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनकाअनुसार पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेका छन् ।

उनीहरु मध्ये अधिकांश सरकारी सेवाबाट अवकास पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरु रहेको डीएसपी विष्टले जनाए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...