

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय लक्ष्मण कपाडी रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाँटाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई शंकाका आधारमा जाँच गर्दा ५५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो ।
प्रहरीले कपाडीलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

