सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि विशेष अदालतले प्रमाण बुझ्ने आदेश गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यमन्त्री सोडारी पदमा बहाल रहँदा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा गैरकानुनी आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही रकमलाई बिगो कायम गर्दै आयोगले २०८२ जेठ १९ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अभियोगपत्रअनुसार सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेका छन् ।

आयोगको अनुसन्धानबाट सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्तालगायतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी रहेको देखिएको छ । तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ ।

कुल आय र व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रकम रहेको आयोगको निष्कर्ष छ । आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...