कञ्चनपुरमा भारतबाट ल्याउदै गरेको ३४ क्वीन्टल अवैध मल बरामद

Nisharg hospital

१२ साउन, धनगढी । कञ्चनपुरमा भारतबाट भित्र्याउदै गरेको अवस्थामा ३४ क्वीन्टल मलखाद बरामद गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० मा भारतबाट ल्याउदै गरेको अवस्थामा ३४ क्वीन्टल मलखाद बरामद गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

इलाका प्रहरी कार्यालयका बेल्डाँडीकाअनुसार बेलौरीस्थित भुडामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र प्रहरी चौकी भुडाको संयुक्त संयुक्त टोलीले चेकजाँचका क्रममा मलखाद बरामद गरेको हो ।

इप्रका बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले मलखाद ल्याउन प्रयोग गरिएको सुपप्र ०१००१ क २२६० नम्बरको मिनी ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

याे पनि हेर्नुस्
Loading...