बैतडीमा बञ्चरो प्रहार गरेर छोराले गरे बुवाको हत्या, टाउको र शरीर अलग

Nisharg hospital

१३ साउन, धनगढी । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीया लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुवाको हत्या गरेको बुझिएको बताउँदै निजलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...