बाजुराको एक मतदान केन्द्रमा मतपेटीका जलाइयो

cp new add
Nisharg hospital
suchana

४ मंसिर, धनगढी । बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको छ ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको हो ।

प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो । कसले आगजनी ग¥यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।

सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ । अहिले उक्त मतपेटीका पानी हालेर निभाइएको छ ।

जिल्लाभर ४५ प्रतिशत मत खस्यो

बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।

जिल्लामा ८३ हजार पाँच सय ६६ मतदातामा जिल्लाका सबै मतदानस्थल तथा केन्द्रमा गरेर ३७ हजार ६ सय बढी मत खसेको जनाइएको छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ । जिल्लाका विभिन्न मतदानस्थल तथा केन्द्रहरुमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...