बैतडीमा शान्तिपूर्वक ६० प्रतिशत मत खस्यो

cp new add
Nisharg hospital
suchana

४ मंसिर,  बैतडी । बैतडीमा अहिलेसम्म शान्तिपूर्वक ६० प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय, बैतडीका प्रमुख माधवप्रसाद फुयाँलका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरि ६० प्रतिशत मत खसेको बताए ।

जिल्लामा १ लाख ५० हजार १५६ मतदाततहरुमा अहिले ३ः ३० बजे सम्ममा जिल्लामा कुल ६० प्रतिशत बढी मत खसेको फुयाँलले बताए ।
निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयाँलका अनुसार सुदूरपश्चिममै एकमात्र बैतडी जिल्लामा एकदमै शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र कुनै विवाद तथा समस्या नआएको बताए ।

उनले भने, ‘बैतडीमा कुनै गडबड छैन, शान्तिपूर्ण मतदान भइरहेको छ । मलाइ लाग्छ, सुदूरपश्चिमका अरु जिल्लाहरुमा समस्या आएको भएपनि बैतडीमा शान्तिपूर्ण तरिकाले मतदान सफल पार्नेछौ ।’

बैतडीमा १ प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्यका लागि निर्वाचन भईरहेको छ । प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी, सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेरेन्द्र कुवर (विजयसुन्दर) र स्वतन्त्र केशवबहादुर चन्द लगायतले प्रतिस्पर्धा गर्दैछन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...