पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा ६ मिनेटमै पोखरा फर्काइयो

Nisharg hospital
krishi add

१३ साउन, काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पोखरा नै फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

swostik

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए । ‘हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।

इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...