सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो, १०० रुपैयाँमै खरिद गर्न सकिने

Nisharg hospital

१३ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो ।

Navjiwan hospital adv

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

याे पनि हेर्नुस्
Loading...