टुहुरा छोरालाई आमा बनेर हुर्काए, ७० वर्षमा बञ्चरोले बुवाकै घाँटी छिनाले

kmc

१३ साउन, धनगढी । बैतडीको डिलासैनी गाउँपालिका–५ सेरा गाउँमा करीब ६० परिवारको बसोबास छ । वडाध्यक्ष यज्ञराज भट्टकाअनुसार त्यहाँका २-३ घर बाहेक सबै परिवारका कम्तीका एक जना सदस्य सरकारी जागिरे छन् । त्यो संख्यालाई जोड्दा करीब डेढ सय जना पुग्ने उनी बताउँछन् ।

तर स्थानीय अन्तराम जोशीसहितका कम्तीमा तीन जनाको परिवारका सदस्य कुनै पनि पेशामा आवद्ध नभएका कारण अरुको तुलनामा आर्थिक अवस्था समान्य छ । अझ भन्दा अरुको तुलनामा अझै जोशीको आर्थिक अवस्था निकै कमजोर थियो । छोराछोरी सानै छदा श्रीमती गुमाएका जोशीले दुई जना छोराछोरीलाई सुख, दुःख गरेर आमाको समेत माया दिएर हुर्काए ।

तर शुक्रबार उनै जोशी आफ्नै घरमा आगनमा टाउको र शरीर अलग–अलग भएको अवस्थामा फेला परे । मर्निङ वाक गर्ने क्रममा दुई जना स्थानीयले आगनमै क्षतविक्षत अवस्थामा जोशीको शव देखेपछि गाउँलेहरुलाई खबर गरेको वडाध्यक्ष भट्ट बताउँछन् । उनको शव देख्ने व्यक्तिले नै छोराछोरीको सोधीखोजी गरे । छोरा घर नजिकै भेटिए तर उनी घटनाबारे केही पनि बोलेनन् ।

जोशीको आगनमा घटनास्थललाई सिल गर्दै प्रहरी
suklaphata

आगनमा भाडा धुने क्रममा उनकै छोरा अन्दाजी २२ वर्षीया लोकराज जोशीले बञ्चरो प्रहार गरेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ । शारीरीक अस्वस्थताका कारणले पनि अशक्त बनेको ७० बर्षीय अन्तरामको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेपछि अब उनको परिवारमा १७ वर्षीया छोरी मात्र छन् ।

आमाको समेत माया दिएर छोराछोरी हुर्काएका अन्तरामले आफ्नै छोराबाट मारिनुपर्ला भनेर कल्पना समेत गरेका थिएनन् होला तर आजै कल्पना नै नगरेको घटना भएको छ । बुवाको हत्यापछि १७ वर्षीया छोरीको विचल्ली भएको छ । वडाध्यक्ष भट्टकाअनुसार कृषि जेटीए पढेका लोकराज केही समयदेखि आर्थिक अभावका कारण डिप्रेसनको सिकार भएका थिए । सोझोपन भएका उनी प्राय अरुसँग बोल्दैन्थे भने बुवाले गराएको काम भने गर्दै आएका थिए ।

बुवासँग सामान्य कुरामा विवाद हुने बेला मारिदिन्छु भन्ने कुरा सुनिएको बताउँदै वडाध्यक्ष भट्टले अन्तरामको अरुबाट हत्याको सम्भावना नरहेको धारणा व्यक्त गर्छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले हत्या अभियोगमा लोकराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

उनकाअनुसार लोकराजको बयान लिन बाँकी छ । मृतकको शव परीक्षणपछि आफन्तले बुझेको प्रहरीले जनाएको छ । आर्थिक अभावका कारणले डिप्रेसनको सिकार भएका लोकराजले आवेशमा बुवाको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...