माधव नेपालले भने-गठबन्धनले घाटा लाग्यो, अब सबै क्षेत्रमा उम्मेदवारी दिन्छौँ

Kailali hospital
Nisharg hospital

१५ साउन, डोटी । नेकपा (एकीकृत समाजवादी) पार्टी का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन गर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई घाटा लागेको दाबी गरेका छन् । ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा अपेक्षा गरेअनुसारको नतिजा नआएको बताउँदै नेपालले आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने जिकिर गरे ।

Navjiwan hospital adv

उनले गठबन्धनमा आवद्ध अन्य दलहरूले इमानदारिता देखाउनुको सट्टा जालझेल गरेको दाबी गर्दै अगामी निर्वाचनमा राम्रो नतिजा हात पार्ने दाबी पनि गरेका छन् । ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ’ एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’

उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए । उनले भने, ‘चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन ।’ पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए । वर्तमान सत्ता गठवन्धन अवको चुनावसम्म पनि कायम राख्नु पर्ने नेता नेपालको भनाइ छ ।

‘विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त भएको छैन’ उनले भने ‘हामीले गठबन्धनलाई कायम राख्न चाहेका छौं तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्छ ।’

याे पनि हेर्नुस्
Loading...