press
po

डा. केसीलाई सेनाको हेलिकप्टरबाट लगियो काठमाडौं

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी ।  स्वास्थ्य अवस्था जटिल बनेपछि इलाममा अनशनरत प्राध्यापक डा.गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लगिएको छ।

sanjiwan
Nisharg

उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका केसीको रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको अवस्था जोखिमपूर्ण रहेको चिकित्सकले बताएका थिए।

HAMRO DAIRY

त्यसपछि सेनाको हेलिकप्टर बिहान इलाम पुगेको थियो।

Nav

अस्पतालले आइतबार सार्वजनिक गरेको विवरणअनुसार केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो।

टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ। पिसाबमा एसिटोनको मात्रा पनि बढेको अस्पतालले जनाएको छ।

ीबहmष् दबलप
अस्पतालमा गरिएको परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको थियो। चिकित्सकीय भाषामा यसलाई गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ।

अस्पतालका अनुसार केसीको रक्तचाप १००र६० एमएमएचजी छ। नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ।

द्यगचवभच
ईसीजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स ९भिपीसी० समेत देखिएको विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने र जीवन नै जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै इलाम अस्पतालले आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...