सुदूरपश्चिममा प्रतिपक्षको असहमतीबीच सांसदको सुविधा बढाउने संशोधन विद्येयक पारित

Nisharg hospital
Airth Mantralaye

१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विद्येयक प्रदेशसभाबाट पारित गरिएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको असहमतीकाबीच संशोधन विद्येयक बहुमतले पारित भएको हो ।

pradesh helath nirdesanalaye
gauriganga

प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि उक्त संशोधन विद्येयक कार्यान्वयनमा जानेछ । यो सँगै अब सत्ता पक्ष र विपक्षी दलको नेता तथा प्रमुख सचेतकले गाडी सुविधा पाउने भएका छन् भने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभा सदस्यहरुले उपचार खर्च पाउने भएका छन् ।

Dhangadhi bidhut

प्रदेशसभा सचिवालयबाट यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले मात्र गाडी सुविधा लिदै आएका थिए भने अब सत्ता पक्षमा रहेका सबै संसदीय दल र विपक्षी दलको प्रमुख सचेतकलाई पनि गाडी सुविधा हुने भएको छ ।

यो अनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतकले गाडी सुविधा पाउनेछन् ।

तीन वटै सत्तारुढ दलका संसदीय दलका नेता अहिले सरकारमा भएका कारण तत्काल गाडी सुविधा नदिइएपनि सरकारबाट बाहिरिएको अवस्थामा भने उनीहरुले उक्त सुविधा लिनेछन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...