कैलालीमा पूरानो झगडालाई लिएर चक्कु प्रहार गर्दा दुई युवक घाइते

Seti
arth ok

१८ साउन, धनगढी । कैलालीमा चक्कु प्रहारबाट दुई जना युवक घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ डोकेबजार नजिकै घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गौरीगंगा नगरपालिका–८ का इडेनजंग सुनार र बर्दगोरिया गाउँपालिका–२ बस्ने ३२ वर्षीय जुद्धबहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) वेदप्रकाश जोशीले पूरानो झगडाको विषयलाई लिएर घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गौरीगंगा नगरपालिका–९ बस्ने २३ वर्षीय सुनिल आउजीको समूहले सुनार र साउदमाथि चक्कु प्रहार गरेको हो ।

Nisharg hospital

उनकाअनुसार क्याम्पसबाट घर फर्किने क्रममा चक्कु प्रहार गर्दा उनको दाहिने खुट्टा, हात र घाँटीमा चोट लागेको छ भने सुनारलाई बचाउने क्रममा साउदको दाहिने हातमा चोट लागेको छ । दुवै जनाको पहलमानपुर स्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

चक्कु प्रहार गर्ने आउजीसँगै गौरीगंगा नगरपालिकाकै अण्डैया बस्ने २१ वर्षीय पुष्कर भाटसहित परिचय नखुलेका अन्य दुई जना फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...