कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा चालकको मृत्यु

Nisharg hospital

१९ साउन, धनगढी । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।

swostik

नेपाल भारत सीमास्थित पर्ने डोकेबजारमा से ६ प २२३० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय गोपाल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...