कैलाली जिल्ला अदालत न्यायाधीश विहीन, कामकाज प्रभावित

Nisharg hospital
Bogtan

१९ साउन, धनगढी । कैलाली जिल्ला अदालत न्यायाधीश विहीन भएको छ । अदालतमा कार्यरत प्रमुखसहित चारै जना न्यायाधीशको सरुवा भएपछि न्याय सम्पादनको कामकाज प्रभावित भएको छ ।

अदालतका श्रेस्तेदार रैभान कुन्जेडाले प्रमुख न्यायाधीश जयानन्द पनेरु, दुई नम्बर इजलाशका न्यायाधीश बाबुकाजी बाँनीया, तीन नम्बर इजलाशका न्यायाधीश टेकराज जोशी र चार नम्बर इजलाशका न्यायाधीश खेमराज भट्टको सरुवा भएपछि मुद्दाको अन्तिम फैसलाको काम प्रभावित भएको बताए ।

kmc
Nast
suklaphata

साउन १० गते सरुवा भएका चारै जना न्यायाधीश १७ गते रमाना बुझेर कैलालीबाट सम्बन्धीत अदालतका लागि गएका थिए । न्यायाधीश नभएको अवस्थामा अहिले मुद्दाको थुनछेक बहस तथा आदेश, पक्राउ पुर्जी जारी लगायतका काम श्रेस्तेदार कुन्जेडाले नै गरिरहेका छन् तर मुद्दाको अन्तिम फैसलाको काम रोकिएको छ ।

सुदूरपश्चिमका ९ वटै जिल्ला मध्ये मुद्दाको सबैभन्दा बढि चाप हुने गरेको कैलालीको प्रमुख न्यायाधीशका रुपमा यसअघि जिल्ला अदालत काठमाडौँमा कार्यरत ओमप्रसाद अर्यालको सरुवा भएको छ तर उनी कैलाली आइपुगेका छैनन् ।

दुई नम्बर इजलाशका लागि रौतहटबाट न्यायाधीश केशवकुमार पाण्डे र तीन नम्बर इजलाशका लागि बझाङबाट न्यायाधीश विष्णु अवस्थीको सरुवा कैलाली भएको छ । उनीहरु दुवै जना पनि हाजिर भएका छैनन् । चार नम्बर इजलाशका लागि भने अहिलेसम्म कोही पनि न्यायाधीशको सरुवा भएको छैन ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...