२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।
बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।
सूचना अधिकारी श्रेष्ठकाअनुसार मृतकले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिएनन् । नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पूरानै कस्तो खालको संक्रमण हो ? भन्ने कुरा खुल्न सकेको छैन ।