२० साउन, धनगढी । पाचौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आईएमई लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३५ जनाले सहभागीता जनाउदै रगत दान गरेको इन्स्योरेन्सका प्रदेश प्रमुख सुमन प्रशाद तिमिल्सेनाले जानकारी दिए ।
उनकाअनुसार रक्तदान कार्यक्रममा विभिन्न शाखाका कर्मचारी, अभिकर्ता लगायतको सहभागीता रहेको रहेको थियो । आईएमई लाइफ इन्स्योरेयन्सको केन्द्रीय कार्यालयले वार्षिकोत्सवको अवसरमा देशभर एकैदिन पाँच सय जनावाट रक्तदान गर्ने लक्ष लिएको थियो । सोही अनुसार धनगढीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस धनगढी सेवा केन्द्रले सहजीकरण गरेको थियो । यस्तै इन्स्योरेन्सले विभिन्न क्याम्पस, विद्यालय तथा समुहरुमा बीमा सेवा सम्वन्धी जनचेतना कार्यक्रम पनि जनाएको छ ।