धनगढीमा सामाजिक समावेशीकरण र शैक्षिक सहयोग परियोजनाद्वारा परिचयात्मक कार्यक्रम

kmc

२० साउन, धनगढी । धनगढीमा नीतिगत संलगनता सामाजिक समाबेशकिरण र स्व पैरवी मार्फत मानसिक स्वास्थ्यको मूलप्रवाहीकरण र अपांगतामा भएका व्यक्तिहरुलाई शैक्षिक सहयोग कार्यक्रम परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कोशिश–राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन र परिलक्षित संस्थाको आयोजनामा शुक्रबार धनगढी उपमहानगरपालिकाको सभाहलमा परिचयात्मक कार्यक्रम गरिएको हो ।

suklaphata

कार्यक्रममा कोशिश–राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनका परियोजना अधिकृत खडकराम ओडले धनगढीका १९ वटै वडामा लागु भएको परियोजनाको नीतिगत संलग्नता, सामाजिक समावेशीकरण र स्वपैरवी मार्फत मानसिक स्वास्थ्यको मूलप्रवाहीरण परियोजनाको उद्देश्य, रणनीति, अवधी र क्रियाकलापको बारेमा जानकारी गराएका थिए

परिलक्षित संस्थाका परियोजना अधिकृत हरीप्रसाद जोशीले अपांगता भएका व्यक्तिलाई शैक्षिक सहयोग कार्यक्रमको उद्देश्य, रणनीति, अवधी र क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।

फेल्म नेपालको सहयोग र उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता निमित्त नगर प्रमुख समेत रहेका वडा नम्बर १४ का वडाध्यक्ष मान बहादुर विष्टले गरेका थिए भने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती विशिष्ट अतिथि थिए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका अध्यक्ष मानबहादु साउँद, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज जोशी अतिथिका रुपमा सहभागी भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...