press
po

सुदूरपश्चिममा कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले

cp new add
Nisharg hospital
dhanga
Rubic

२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ ।  कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

sanjiwan
Nisharg

उनकाअनुसार शुक्रबारसम्म कोभिड अस्थायी अस्पतालमा १४ जना संक्रमितलाई भर्ना गरिएको छ । एक जनालाई आईसीयू, ९ जनालाई अक्सिजन सपोर्टमा र अन्य ३ जनालाई जरनल वार्डमा राखिएको श्रेष्ठले बताए । पीसीआर प्रयोगशालामा भइरहेको परीक्षणमा संक्रमण पुष्टि हुनेसँगै प्रादेशिक अस्पतालमा उपचारका लागि पुग्ने संक्रमित बढेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

संक्रमण बढे पनि जटिल समस्या छैन

HAMRO DAIRY
Nav

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेल कोरोना भाइरसको संक्रमण दैनिक रुपमा बढ्न थाले पनि अहिलेसम्म संक्रमितमा धेरै जटिल खालका समस्या नदेखिएको बताउँछन् ।

‘कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ तर हामी कहाँ आइरहेका केसहरु हेर्दा पहिले जस्तो कोभिड निमोनिया, श्वासप्रश्वास सम्बन्धी धेरै जटिलता भएको देखिएको छैन,’ शर्माले भने, ‘अधिकांश व्यक्तिले भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको र मानिसमा रोग प्रतिरोधी क्षमता विकास भएर पनि हुनसक्छ ।’

उपचारका लागि अस्पताल पुग्ने अधिकांश रुघाखोकी, स्वर परिवर्तन हुने, शरीर दुःख्ने, झाडापाखाला हुने, खान मन नलाग्ने लक्षण भएका बिरामीहरुमा संक्रमण देखिरहेको बताउँदै शर्माले छिटफुट रुपमा केही व्यक्तिहरु निमोनिया र श्वासप्रश्वासको समस्या लिएर पनि आइरहेको जनाए ।

यस्ता खालका लक्षण देखिएमा जथाभावी औषधी सेवन नगरी चिकित्सकको सल्लाह लिन आग्रह गरिएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...