press
po

कैलालीको भजनीको पृथ्वीपुर छोटी भन्सार नाका सञ्चालन

cp new add
Nisharg hospital
dhanga
Rubic

२१ साउन, धनगढी । कोरोना महामारीपछि बन्द अवस्थामा रहेको कैलालीको भजनी नगरपालिका ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको विशेष पहलमा पृथ्वीपुर छोटी भन्सार कार्यालय साउन १५ गतेदेखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रजिअ थापाको निरन्तरको पहल र प्रयासपछि छोटी भन्सार कार्यालय १५ गतेदेखि नियमित रुपमा सञ्चालनमा आएको जानकारी दिए । छोटी भन्सार कार्यालय २०७६ को चैतदेखि बन्द अवस्थामा थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यो कैलालीको सत्ती भन्सार कार्यालय खक्रौला मातहतको छोटी भन्सार हो । छोटी भन्सार सञ्चालन नहुँदा यसक्षेत्रमा चोरी, तस्करी बढेको थियो । सञ्चालनमा आएसँगै अब चोरी तस्करी न्यूनीकरण हुने विश्वास गरिएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...