


२१ पुस, धनगढी । भातरमा सुदूरपश्चिमका एक जनाको मृत्यु भएको छ ।



भारतको पिथौरागढमा बैतडीको पुर्चौडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ ।





मृतकका मामा धनबहादुर बोहराकाअनुसार उनको बुुधबार मृत्यु भएको हो । तर दुर्घटनाको कारण भने खुलेको छैन ।

जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका बोहारको जेसीबी दुर्घटना वा च्यापिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।






