कैलालीमा कुलोमा डुबेर बालकको मृत्यु

Dhangadhi

२१ साउन, धनगढी । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबर बालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले साथीहरुसँगै कुलोमा नुहाने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...