


२४ पुस, धनगढी । विप्लव नेतृत्वको नेकपा सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले आर्थिक अनियमितताको आरोप लागेपछि नेता बिनोद जप्रेललाई निलम्बन गरेको छ ।



निलम्बन गरेपछि संगठनको कुनै जिम्मेवारीमा नरहेका जप्रेलले फेरी संगठनका नाममा गतिविधि गरिहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै जप्रेलले संगठनमा नाममा कुनै पनि गतिविधी बैद्य नहुने बताएको छ ।





इन्चार्ज महेश पातलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जप्रेललाई आर्थिक अनियमितता, सांगठनिक अराजकता र पार्टी तथा संगठनको गोपनीयता उल्लंघन गरेको भन्दै सबै जिम्मेवारीबाट मुक्त गरेर निलम्बन गरिएको भनिएको छ ।

क्रान्तिकारीले पार्टी तथा संगठनको नाममा जथाभावी नगर्न जप्रेललाई चेतावनी दिएको छ ।






