कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

Nisharg hospital

२१ साउन, धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

Navjiwan hospital adv

सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी नगरपालिका–६ बैशाखामा भारतबाट नेपाल तर्फ आउदै गरेको म .१ प. ३९७८ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २४ वर्षीय दिपेन्द्रसिंह बिष्ट र पछाडी सवार अन्दाजी २५ वर्षीय किशोर थापा रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट सेतो प्लाष्टिकको थैलीमा लुकाएर ल्याउदै गरेको अवस्थामा १८.४९ ग्राम लागुऔषध खैरो हिराईन बरामद गरिइको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...