दार्चुला जीप दुर्घटना : मृतक ५ जनाको  सनाखत, सबै घाइतेको परिचय पनि खुल्यो

cp new add
Nisharg hospital

१ भदौ, धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएका पाँच जनाको सनाखत भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी निरीक्षक रणबहादुर विष्टले मृतकको सनाखत भएको जानकारी दिए ।

Nast Ad

उनकाअनुसार दुर्घटनामा बझाङको साविक कफलशेरी गाविसकी ५५ वर्षीय चंकादेवी बोहरा, उजेली बोहरा, रमात बोहरा, हिक्मत जाग्री र पुने बोहराको मृत्यु भएको छ । चंकादेवी बाहेक अन्य चार जना मृतकको ठेगना भने खुलेको छैन ।

यस्तै दुर्घटनामा थप ९ जना घाइते भएका छन् । घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ बस्ने ५० वर्षीया गौमती धामी, सोही ठाउँकी ३० वर्षीया गौमती धामी, ४० वर्षीया रेवती धामी, २१ वर्षीय सुमन धामी, ५२ वर्षीय रुपा धामी, महाकाली नगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश लुहार, बझाङको बुंगल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जाग्री, बैतडीको डिलासैनी गाउँपालिका–३ का २१ वर्षीय प्रदीप राना र चालक महाकाली नगरपालिका–७ का डिलाराम कोली छन् ।

उनीहरु मध्ये चालक कोली र ५२ वर्षीया रुपा धामीको अवस्था गम्भीर रहेको बताउदै प्रहरी निरीक्षक विष्टले घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

बुधबार दिउँसो दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...