एमालेले भन्यो, नागरिकता विधेयक टाउको गन्ने विषय होइन

cp new add
Nisharg hospital

१ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ ।

Nast Ad

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा सुरु भएको छलफलमा भाग लिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताए ।

राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरे । सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’

 

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...