press
po

बाजुरामा विवाहित युवती मृत फेला, हत्याको आशंका

cp new add
Nisharg hospital
dhanga
Rubic

२८ भदौ, धनगढी । बाजुरामा युवती मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको बुढीगंगा नगरपालिका–७ की २५ वर्षीया गोमा सार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले सार्की मृत अवस्थामा भेटिएको जानकारी दिदै घटनाबारे अनुसन्धान भइरहेको बताए । उनकाअनुसार उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन् । तर मृतकका माइती पक्षले भने विगतदेखि नै श्रीमानश्रीमतीबीच मनमुटाव भइरहने गरेकाले हत्याको आशंका गरिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनकी बहिनी रोशनी सार्कीले मृतकका श्रीमान देवेन्द्र सार्कीले दिदीसँग विगतदेखि नै झैझगडा गरिरहने भएकाले हत्या गरेको शंका भएकाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी छन् । प्रहरीले भने अहिले नै घटनाबारे केही भन्न नसकिने बताउदै शव परीक्षणपछि धेरै कुरा खुल्ने विश्वास गरेको छ । मृतकका दुई जना छोराछोरी छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...