press
po

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो– अनसनरत डा.केसीसँग तत्काल वार्ता गर

cp new add
Nisharg hospital
dhanga
Rubic

३१ भदौ, धनगढी । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चासो देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीसहितको टोली सेती प्रादेशिक अस्पतालमै पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

sanjiwan
Nisharg

प्रमुख जोशीले उनको स्वास्थ्य अवस्था र मागबारे बुझ्न प्रादेशिक अस्पताल पुगेपनि बोल्न सक्ने अवस्थामा नभएका कारण डाक्टर केसीसँग दोहोरो संवाद हुने नसकेको जानकारी दिए तर अस्पताल प्रशासन र केसीका सहयोगीसँग कुराकानी गरेर फर्किएको जोशीले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘बिग्रिदो स्वास्थ्य अवस्थाका कारणले डा.गोविन्द केसीले हामीसँग दोहोरो संवाद गर्न सक्नुभएन । अस्पताल प्रशासनसँग बुझ्दा उहाँको स्वास्थ्य अवस्था जटिल भइसकेको छ,’ जोशीले  भने, ‘ब्लड प्रेसर घट्दो क्रममा छ । सुगरको मात्रा पनि निकै कम भएको पाएका छौँ । बोल्न सकिरहनुभएको छैन ।’

HAMRO DAIRY

केसीले अहिले पानी बाहेक औषधी समेत लिन नमानेका कारणले स्वास्थ्य अवस्था थप बिग्रिन सम्भावना बढेको छ । मानव अधिकार आयोगको टोलीसँग डाक्टर केसीका सहयोगीले स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारसँग वार्ताका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।

प्रदेश कार्यालयका प्रमुख जोशीले केसीले उठाएका माग सम्बोधनका विषयमा सरकार अग्रसर भएर उनको जीवन रक्षाका निम्ति पहल गर्नुपर्ने बताए । ‘डाक्टर केसीको जीवन रक्षाका लागि सरकारले तत्काल उहाँले उठाएका मागका विषयमा वार्ता गर्नुपर्छ,’ जोशीले भने, ‘उहाँको समग्र अवस्थाबारे प्रतिवेदन तयार पारेर केन्द्रीय कार्यालयमा पठाउदैछौँ ।’

Nav

राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय प्रशासनलाई समेत केसीको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा लिएर सोही अनुसार व्यवस्थापन गर्न निर्देशन दिइने जनाएको छ ।

विभिन्न ७ बुँदे माग राख्दै धनगढी पुगेर सोमबारदेखि श्रीकृष्ण मन्दिरको धर्मशालामा २० औँ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा उपचाररत केसीले स्लाइन पानी बाहेक औषधी प्रयोग गर्न मानेका छैनन् ।

प्रादेशिक अस्पतालले शुक्रबार प्रेस विज्ञप्ती जारी गरेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । केसीलाई टाउको दुःख्ने, रिगटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुःख्ने, मुटुको धड्कनमा गडबडी, रक्तचाप घट्दै गएको जस्ता समस्या देखिएका छन् ।

पाँच दिनमा उनको दुई किलो तौल घटेको छ । केसीको शरीरमा पोषण तत्वहरु र पानीको मात्रा कम भएका कारण जटिलता बढ्दै गएको अस्पतालले जनाएको छ ।

केसीले औषधी प्रयोग गर्न समेत नमानिरहेका कारण बेहोस हुनसक्ने, रोग प्रतिरोधी क्षमता कम भएर विभिन्न खालका संक्रमण हुनसक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबड भएर शरीरका अंग र प्रणाली नै खराब भएर ज्यान जोखिममा पर्न सक्ने अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...