चिसापानीका युवाकाे कब्जाबाट फुत्किए सहचालक चाैधरी, सकुशल घर फिर्ता

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीकाे माेहन्याल गाउँपालिका-७ काे पितमारी खाेलाबाट युवाको समूहले  नियन्त्रणमालिएको जिपका सहचालक सकुशल घर पुगेका छन् ।

साेमबार राति युवाकाे समूहले दाउरा बाेकेर आइरहेकाे जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गर्दै सहचालक लाेकेन्द्र चाैधरीलाई नियन्त्रणमा लिएर भागेकम थिए ।

लम्कीचुहा नगरपालिका-९ बस्ने चाैधरी मंगलबार उनीहरूकाे कब्जाबाट भागेर सकुशल घर फर्किएको प्रहरीले जनाएकाे छ ।

उनीहरूले भाग्ने याेजना बनाउँदै गाडीकाे बन्दाेबस्त गर्ने क्रममा आफू फुत्किएर भाग्न सफल भएकाे चाैधरीले बताएका छन् ।

साेमबार राति करीब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको

भे १ च ३७१४ नम्बरको बाेलेराे जिप नियन्त्रणमा लिएर युवाकाे समूहले चालक र जीप साहुमाथि कुटपिट गरेकाे थियाे ।

कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चाैधरी घाइते भएका थिए ।

घाइते चालक अनुराजकाे लालरत्न अस्पताल लम्कीमा उपचार जारी छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चाेट छैन् ।

आक्रमणमा संलग्न लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २३ वर्षीय  नारायण शाहीलाई  प्रहरीले पक्राउ गरिसकेको छ । उनीसँगैका चिसापानीकै भावेश सापकोटा लगायतका चार जना भने फरार छन् । उनीहरूकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...